Breaking News :

आशिषकाे घर निर्माण गर्न सिमेन्ट र रड सहयोग

नारायण सापकोटा, चितवन-

माडी नगरपालिका वडा नं १ भङ्गतामा बसोवास गर्दै आएका आशिष नेपालीलाई घर निर्माण गर्नको लागि सिमेन्ट र रड प्रदान गरिएको छ ।

बाल्यकालदेखि नै आशिषलाई पढाइ र सीप विकास गर्न सहयोग गर्दै आउनुभएका मिराकल गार्डेनका प्रोपाइटर दामोदर देवकोटा र सञ्चारकर्मी नारायण सापकोटाले घर निर्माण गर्नको लागि १५ बोरा सिमेन्ट र ६० केजी रड सहयोग गर्नुभएको हो ।

सहयोग सामग्री हस्तान्तरण गर्दै माडी नगरपालिका वडा नं १ का वडा सदस्य अमीत लामाले अति बिपन्न परिवारलाई छनौट गरी सहयोग गर्नुभएकोमा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै वडाबाट पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आशिषकी आमाको मृत्यु भएपछि बुबा सम्पर्कविहिन भएर आशिष विचल्लीमा परेका थिए । दामोदर देवकोटाको सम्पर्कमा आएपछि पढाइ र सिप सिक्दै आएका थिए । माडी भङ्गतामा विवाह भएपछि ससुरालीकै आश्रयमा बस्दै आएका विपन्न परिवारका आशिषलाई घर बनाउन वडाबाट टिन उपलब्ध हुने भएपछि सिमेन्ट र रड सहयोग भएको हो ।
घर बन्ने भएपछि खुशी भएर आशिषले घरको लागि जग खन्ने शुरु गरिसकेका छन् । बाल्यकालदेखि नै संरक्षण गदै आएर हाल घर बनाउनको लागि पनि सहयोग गर्नुभएकोमा सहयोगीहरुलाई आशिषले धन्यवाद दिए ।आय आर्जनको लागि सहयोग गर्न सहयोगीहरुलाई आशिषले आग्रह पनि गरेका छन् ।

merokhabarsathi

Read Previous

९७ लाख रुपैँया चोरी गर्ने कम्पनीकै सेक्युरिटी गार्ड पक्राउ

Read Next

निकेश श्रेष्ठलाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram