भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवन । भरतपुरमा रहेको एपोलो पेन्ट्समा ९७ लाख चोरी गर्ने एक जना पक्राउ परेका छन्। गत २७ कात्तिकमा भरतपुर महानगरपालिका वडा नं.९ काँडाघारी स्थितमा रहेको एपोलो पेन्ट्स प्रा.लि.को भवनको कोठा भित्र रहेको सेफ (लकर) फुटाई ९७ लाख नगद चोरी गर्ने व्यक्ति पक्राउ परेका हुन्।
सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डको रूपमा काम गर्ने चितवन कालिका नगरपालिका वडा नं.६ बस्ने बर्ष ४० को कबिराज थापालाई चितवन प्रहरीले पक्राउ गरेको हो।
कम्पनीको काम गर्ने कामदार तथा सेक्युरिटी गार्ड बस्ने क्वाटर (भवन) मा कोठा भित्र खाट मुनि झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा नगद ५७ लाख र सोही भवनको उत्तर पट्टि पर्खाल नजिकै झाडिमा लुकाई प्लाष्टिकको बोरा भित्र छिपाई राखेको अवस्थामा नगद ४० लाख गरि ९७ लाख रुपैया लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।
उनको साथ बाट नगद सहित हेक्सा ब्लेड फ्रेम, फलामको रडबाट बनेको खुर्पी र पहेलो,निलो रङगको बोरा १ थान झोला लगाएत सामग्री बरामद गरिएको छ । निज चोरी कार्यमा संलग्न ब्यक्तिलाई चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चोरी कसूर अन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।