भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा चार दिनमा ४६ जना फरार अभियुक्तहरु पक्राउ परेका छन् । विभिन्न मुद्दामा कैद तथा जरीवाना सजाय तोकी फरार रहेका व्यक्तिहरूलाई २५, २६, २७ र २८ गते गरि जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो । नकवजनि चोरी, जवरजस्ती करणी, लागू औषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, किर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरूष र १ महिला गरी ४६ जना फरार व्यक्तिहरूलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले जानकारी दिए । पक्राउ परेकोहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाईएको प्रवक्ता थापाले बताए । जसबाट ७ बर्ष ९ महिना २६ दिन कैद र रू.४लाख ८लाख ३११ रुपैयाँ रकम असुल उपर भएको प्रहरीले जनाएको छ ।