Breaking News :

धनुषामा एक युवतीमाथि एसिड प्रहार

धनुषामा २६ वर्षीया एक युवतीमाथि एसिड प्रहार भएकाे छ।

जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर २४ देवपुरा रुपैठा घर भएकी आरती साह माइती घर जनकपुर-७ जानकी नगरमा बसेको बेला शनिबार बिहान करिब साढे ९ बजे एसिड प्रहार भएको हाे।

एसिड प्रहारबाट घाइते भएकी आरतीको अहिले जनकपुरधमको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले एसिड प्रहार गर्नेको खोजी भइरहेको बताए। उनका अनुसार एसिडबाट आरतीको मुहार र छातीको भाग जलेको छ ।

merokhabarsathi

Read Previous

राष्ट्रिय सरोकार तथा समन्वय समितिकि सभापति रावलद्वारा माडीको निरीक्षण

Read Next

चितवनमा चार दिनमा ४६ जना फरार अभियुक्तहरु पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram