Breaking News :

चितवनमा ५ लाख नगदसहित २४ जना जुवाडे पक्राउ

साङ्केतिक तस्बिर

चितवनमा ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ सहित २४ जना जुवाडे पक्राउ परेका छन्। उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरबाट बुधबार राती जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो।

स्थानीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेली रहेको सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको चितवन प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो । उनीहरुको साथबाट १६ थान कौडा समेत वरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत कारवाही गरिने गुुुरुङको भनाइ छ।

merokhabarsathi

Read Previous

१८ बर्षिया युवतीलाई गोली हानी हत्या

Read Next

राष्ट्रिय सरोकार तथा समन्वय समितिकि सभापति रावलद्वारा माडीको निरीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram