Breaking News :

चितवनमा विहानै दुई जना कोरोना संक्रमितको मृत्यु

चितवनमा आज (सोमबार) विहानै दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय पुरुषको विहान १ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणसहित श्वासप्रश्वासमा समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए । उनमा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अवस्था जटिल भएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । कोभिड निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै भरतपुर अस्पतालमा नै अर्का कोरोना संक्रमितको पनि मृत्यु भएको छ । आज विहान २ः५५ बजेको समयमा धादिङको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

गत कार्तिक ५ गते कोभिड संक्रमणसहित श्वासप्रश्वासमा समस्या भई ती महिला अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । सोही दिन कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको अवस्था थप जटिल बन्दै गएपछि कार्तिक ९ गतेदेखि कोभिड आइसीयूमा रोखर उपचार गरिएको थियो ।

merokhabarsathi

Read Previous

खाली पेटमा कफी पिउँदा गम्भीर रोगको खतरा

Read Next

सुन्दरता बढाउनका लागि घरमै बनाउनुस् यस्ता ‘फेस मास्क’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram