Breaking News :

व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा भरतपुरका स्काउटर आन्दोलित

स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा भरतपुरमा स्काउटरले संघर्ष समिति गठन गरेको छ । भरतपुरमा स्काउटरको भेलाले शिवप्रसाद बरालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हाेे।

समितिमा सहसंयोजकमा सचिनजंग कार्की, सदस्यहरुमा इश्वर गुरुङ, सन्तोष बस्ताकोटी, गणेश थापा, गोपी तामाङ, अशोक ढकाल, रामु पाण्डे, सूर्य तिवारी, महेश सुवेदी, सिंहबहादुर कुँवर, लिलानाथ गौतम, संगिता पराजुली रहेका छन् ।

जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टी जनाउँदै स्काउटरहरुले संघर्ष समिति गठन गरेका हुन् । प्रदेशस्तरीय समितिमा चितवनबाट प्रतिनिधित्व नगराइएको, स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेको लगायतका आरोप असन्तुष्ट स्काउटरले लगाएका छन् ।

संघर्ष समितिले आइतबार जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

चितवनमा स्काउट प्रशिक्षण दिने ३ सय बढी स्काउटर छन् । ४ हजार बढी विद्यार्थी स्काउटमा आवद्ध छन् । ४ सय जना विद्यार्थी रोबर तथा रेञ्जर छन् । ८५ वटा ट्रुप र ६ वटा क्रियु रहेका छन् । सामुदायीक तथा संस्थागत विद्यालयमा स्काउटका गतिविधि हुदै आएका छन् ।

merokhabarsathi

Read Previous

आज कोजाग्रत पूर्णिमा, दशै समापन हुँदै

Read Next

भुल्ने समस्या छ भने पिउनुस् यस्तो पिय पदार्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram