Breaking News :

दशैको अवसरमा देवघाटका अग्नि पिडित गुरुङलाई २९ हजार रुपैयाँ सहयोग

दशैको बेला देवघाटका ६६ वर्षीय अग्नि पिडित पदम गुरुङलाई सहयोगी मनहरुले स्वदेश तथा विदेशबाट पठाउनुभएको २९ हजार ४२ रुपैयाँ आर्थिक सहयोग आज (आईतबार) एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको छ ।
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ नाल्बुङ्ग वस्तीमा गत वर्ष २०७६ साल माघ २६ गते आगोलागीले ६६ बर्षिय वृद्ध पदम गुरुङको खुशी लुटिएको थियो। घामपानी छेक्ने सानो खरको झुपडी थियो त्यो पनि क्षणभरमै खरानी भएको थियो। त्यतिखेर आगोलागीले उहाँको घर पुर्ण रूपमा नष्ट भएको थियो ।
६६ वर्षीय गुरुङको आर्थिक अवस्था एकदम कमजोर भएको बताउदै आँखा भरि आशुका ढिक्काहरु लिएर आफ्नो पिडाहरु उहाँले हाम्रो माझ यसरी व्यक्त गर्नुभएको थियो,”बेलुकीको खाना बसालेर नजिकै बाख्रा गोठमा बाख्राहरुलाई घास दिएर फर्कदै गर्दा धुरीबाट एक्कासि धुवाँ जस्तो निस्किएको थियो । त्यसको केही समयमै आगोको मुस्लो बल्न थाल्यो र हेर्दा हेर्दै क्षण भरमै आफू बस्ने घामपानी छेक्ने सानो खरको झुपडी घर माटोमा खरानी भएको बताउनुभयो ।” पुर्णरुपमा आगोलागीले नष्ट भएको ती घरका तस्वीरहरु देवघाटका पत्रकार आशिक रानाले सामाजिक संजालमा पोष्ट गर्नुभएको थियो । त्यस लगतै देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार समेत रहेका स्थानीय पत्रकार रानाको पहलमा आर्थिक संकलन अभियान सुरु गरि तत्काल २० हजार नगद सहित खाद्यान्न सामग्री विभिन्न संघ संस्थाबाट संकलन गरी पहिलो पटक आगलागी पीडित पदम बहादुर गुरुङलाई देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाबाट हस्तान्तरण गरिएको थियो।
त्यसैगरि अहिले दोस्रो पटक ६६ वर्षीय आर्थिक अबस्था कमजोर पदम बहादुर गुरुङको लागि स्थाई घर काठमाडौं र हाल जापानमा रहनु भएका खुशी दाहाल र समीर दाहाल(कृष्ण)ले २० हजार ४२ रुपैयाँ र हाल दक्षिण कोरिया रहनु भएका दिपेन्द्र गिरिले ५ हजार रुपैयाँ, साउदी अरबबाट दिल थापाले २५ सय रुपैयाँ र पोखरा बाट हिरा थापाले १५ सय रुपैयाँ गरी २९ हजार ४२ रुपैयाँ आर्थिक संकलन गरि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाको हातबाट पदम बहादुर गुरुङलाई हस्तान्तरण गरीएको छ ।
सो आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा देवघाट ३ नम्बर वडाका वडा सदस्य मनमाया बि.क., देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोसन श्रेष्ठ, कालिका आधारभुत विद्यालयका प्रअ तुल बहादुर गुरुङ र समाजसेवी युवा गंगासिङ्ग बि.क. लगायतको उपस्थिति रहेकोे थियोे।

merokhabarsathi

Read Previous

ग्यासट्रिकको समस्याबाट छुटकारा पाउन यस्तो गर्नुहाेस

Read Next

आज कोजाग्रत पूर्णिमा, दशै समापन हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram