Breaking News :

चितवनमा तीन लाख २१ हजार नक्कली नोटसहित एक जना पक्राउ

चितवनमा तीन लाख २१ हजार नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुरको राक्सीराङ–८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई नक्कली नाेट सहित पक्राउ गरेको हो।

यही कार्तिक ४ गते दिउँसो ३ बजे राप्ती–५ भण्डारा बजारमा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार भएको भनेर सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । भणडारा प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा प्रहरी टोली उक्त पसलमा गई हुलिया पत्ता लगाई खोजतलास गर्दै जाँदा लोप्चनलाई राप्ती नगरपालिका–५ चौकीडाँडाबाट एक हजारको नक्कली जस्तो देखिने १२ थान १२ हजार जाली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । थप अनुसन्धान गर्दा लोप्चनले घरमा लुकाई राखेको एक हजार दरको ३०२ थान गरी ३ लाख २ हजार नगद बरामद गरिएको उनले जानकारी दिए । प्रहरीले अनुसन्धानको क्रममा भण्डारास्थित युनिक होटललाई खाजा बापत दिएको एक हजार र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किने बापत दिएको ६ हजार रुपैयाँ नगद समेत बरामद गरेको छ ।

प्रहरीले हिरासतमा रहेका लोप्चनलाई चितवन जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृति समर्थन लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान पैक्रिया अगाडी बढाई अन्य संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए । कानुनी व्यवस्था अनुसार सो कसुर अन्तरर्गत संलग्न व्यक्तिहरुलाई १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

merokhabarsathi

Read Previous

संयुक्त अनुगमन टोलीले बरामद गरेको सात लाखबराबरको अखाद्य पदार्थ नष्ट

Read Next

कोरोना सम्बन्धि प्रेसब्रिफिङ दसैँका बेला नगर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram