भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा संयुक्त अनुगमन टोलीले बरामद गरेको करिब सात लाखबराबरको अखाद्य पदार्थ नष्ट गरिएको छ । चाडपर्व लक्षित गरिएको अनुगमनबाट म्याद सकिएका र लेबल नभएका ६३ प्रकारका विभिन्न खाद्य पदार्थहरु घरेलु तथा साना उद्योग कार्यालयको परिसरमा नष्ट गरिएको हो ।
कोभिड–१९ का कारण व्यापारीहरुले म्याद गुज्रिएको सामान सम्बन्धित उद्योगमा फिर्ता पठाउन नपाउँदा बजारमा त्यस्ता खाद्य पदार्थ धेरै भेटिएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख उद्योग अधिकृत नारायणप्रसाद लम्सालले बताए । उनले ‘अब आइन्दा यस्ता सामग्री नबेच्ने सर्तमा व्यवसायीहरुलाई सचेत गराएर छाडिएको र दोस्रो चरणको अनुगमनमा पनि यस्ता सामग्री भेटिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने बताएका छन्।
उद्योगहरुले बजारमा रहेका म्याद गुज्रिएका खाद्य पदार्थहरु फिर्ता नलिँदा त्यस्तो खाद्य पदार्थ उपभोक्तासम्म पुगेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी बताउँछन् । उनले म्याद गुज्रिएको खाद्य वस्तुहरु नस्ट गरिएको र म्याद नगुज्रीएको वस्तुहरुको गुणस्तर चेक गर्न प्रयोगशाला पठाएको बताएका छन् । प्रयोगशालाको प्रतिवेदन प्राप्त भएपछि खाद्य ऐन अन्तर्गत कारवाहि गरिने उनको भनाइ छ।
बजारमा भेटिने गुणस्तरहिन अखाद्य वस्तुहरु हेर्दा त्यस्ले मानव जिवनमा हानी पुर्याइरहेको देखिन्छ। यस्तो अनुगमनहरु चाडपर्व लक्षित भन्दा पनि सधैं गरिदिने हो भने व्यापारीहरु पनि सचेत हुने थिए। र उपभोक्ता पनि अखाद्य वस्तु खान बाट जोगिने थिए।