भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा काेराेना संक्रमीतको संख्या ३३ सय कटेकाे छ। भने दैनिक १ सय ५० को हाराहारीमा कोरोना संक्रमीत भेटिने गरेका छन्। जसले गर्दा चितवन कोरोनाको उच्च जोखिममा पर्दै आएको छ। तर यस्तो समयमा पनि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यलाई निरन्तरता दिदै आएकाे छ। जसले गर्दा थप काेराेनाकाे जाेखिम बढेकाे सर्वसाधारणको गुनासो छ। एउटै मेसिन सबैले प्रयोग गर्नुपर्ने बाध्यता र परिचयपत्र बनाउन आउनेहरुले भौतिक दुरी कायम नगर्दा वृद्धवृद्धाहरुमा थप जोखिम भएको शिव न्याैपानेले बताएका हुन्। उनले यस्तो महामारीकाे समयमा पनि राष्ट्रिय परिचयपत्र बनाउनुपर्छ भनेर भिडभाड गर्नु गलत भएको बताएका हुन्।
यता जिल्ला प्रसासन कार्यलय चितवनले भने सधै काेभिड भनेर बस्न नसकिने भन्दै राष्ट्रिय प्राथमिकताकाे विषयमा परिचय पत्र रहेकाे बताएका छन्। भाेलिकाे दिनमा एउटै कार्डले सबै परिचय दिने भएकाेले अन्य सामान्य विषय जसरी परिचयपत्रलाई हेर्न नसकिने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताएका हुन्। उनले काेराेनाकाे समयमा पनि स्वास्थ्य सावधानी अपनाएर परिचयपत्रकाे विविरण सकंलन गर्न सकिने सत्यता रहेकाेले परिचयपत्रकाे विवरण सकंलन गरिएको बताएका हुन्।