Breaking News :

प्रेमवस्तीमा क्रिमसन फार्मेसी तथा क्लिनिक संचालनमा, शुभारम्भको अवसरमा निशुल्क स्वास्थ्य शिविर

भरतपुर , ३ कात्तीक ।
भरतपुर महानगरपालिका वडा नम्बर ७, हेल्थपोष्ट चोकमा सुविधा सम्पन्न फार्मेसी एवम् क्लिनिक संचालनमा आएको छ । 
स्वास्थ्य मन्त्रालयको मापदण्ड पुरा गरी सम्पुर्ण सेवा दिने उद्धेश्य सहित सोमबार देखि क्रिमसन फार्मेसी तथा क्लिनिक संचालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले उक्त क्रिमसन फार्मेसी तथा क्लिनिकको औपचारीक रुपमा एक कार्यक्रमका विच उद्धघाटन गर्नु भएको थियो । 
सामान्य उपचार र औषधीको लागी पनि भरतपुर बजारनै पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै घरमानै गाई उपचार दिने उद्धेश्यले फार्मेसी सहितको क्लिनिक संचालनमा ल्याएको क्रिमसन फार्मेसी तथा क्लिनिकका अध्यक्ष अभय कुमार पण्डितले जानकारी दिनुभयो ।
क्रिमसन फार्मेसी तथा क्लिनिकको शुभारम्भको अवसरमा २ दिने निशुल्क स्वास्थ्य शिविर समेत हुने भएको छ । क्रिमसन फार्मेसी तथा क्लिनिकका प्रवन्ध निर्देशक मधु कृष्ण पाण्डेले कात्तिक ५ र ६ गते शिविर आयोजना गरेको बताउनु भयो । स्थापना देखिनै सामाजिक उतरदायित्व बहन गर्ने हेतुले शिविरको आयोजना गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार शविरको समयमा ल्याब सेवामा २० प्रतिशत र औषधिमा १० छुट समेतको व्यवस्था गरिएको छ । शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा कविन न्यौपाने, मुटु छाति पेट, मधुमेह, मृगौला,तथा थाईराईड रोग विशेषज्ञ डा सुरेश श्रेष्ठ र स्त्रि तथा प्रसुती रोग विशेषज्ञ डा जिवन परियार आउने बताईएको छ ।

सम्पन्न उद्धघाटन कार्यक्रममा भरतपुर ७ र ८ का जनप्रतिनिधि, स्थानीय टोल विकास समितिका अध्यक्ष, भरतपुरका विभिन्न अस्पतालका प्रमुख तथा चिकित्सकहरुको समेत उपस्थिती रहेको थियो । उपस्थित सबैले लामो समय सम्म स्वास्थ्य क्षेत्रमा कार्यरत स्थानीय व्यक्तिहरुबाटनै क्रिमसन फार्मेसी तथा क्लिनिक संचालनमा आएको भन्दै यहाँ बाट विश्वसनीय सेवा प्रदान हुने बताउनु भएको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा चाडपर्व लक्षित उत्सव र जात्राहरु नगर्न निर्देशन

Read Next

कैदीबन्दीलाई जोगाउन राष्ट्रिय मानव अधिकार आयोगको १३ बुँदे सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *