Breaking News :

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल द्वारा बसेनी लामाटोल सडक खण्डको अवलोकन

शान्ता अधिकारी
चितवन कात्तिक २। प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आज भरतपुर महानगरपालिका वडा नम्वर ११ को बसेनी लामाटोल सडक खण्डको अवलोकन गर्नुभएको छ । संघिय सरकारको तिन करोड रुपैयामा निर्माण हुदै गरेको सडक खण्डको निरीक्षण पछी प्रतिनिधिसभा सदस्य पोखरेलले आउदा दिनमा बाटो बनाउदा ढल निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ ।
स्थानियसंग अन्तरक्रिया गर्दै प्रतिनिधिसभा सदस्य पोखरेलले यस वर्ष भएको लगातारको वर्षाले धेरैलाई सचेत गराएको भन्दै आउदा दिनमा ढलसंगै सडक निर्माण हुने बताउनु भएको छ । प्रतिनिधिसभा सदस्य पोखरेलले अहिलेको सरकारले विकासका कामलाई प्राथमिकता दिएको बताउनु भयो । जनताको समस्यालाई नजिकबाट नियाल्दै आवश्यकताको आधारमा विकासका पूर्वाधार निर्माण गर्दै लौजाने काम गरेको जानकारी दिनु भयो । अवलोकनका क्रममा सडकको कार्यप्रगति संतोषजनक पाईएको बताउनुभयो । 
अहिले कोरोनाको संक्रमण बढ्रदै गएको भन्दै सुरक्षीत तरिकाले चाडपर्व मनाउन प्रतिनिधिसभा सदस्य पोख्रेलले आग्रह गर्नुभएको छ । संक्रमितहरलाई घृणा नगरी माया सदभाव कायम गरी मनोबल बढाउने काम समुदायबाट नै हुनुपर्ने उहाँले बताउनु भयो । सो अवसरमा उहाँले नेपालीहरुको महान पर्व वडा दशै, तिहा, छठ लगाएतका पर्वहरुको शुभकामना समेत दिनुभएको थियो । सो अनुगमका क्रममा वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारी लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

merokhabarsathi

Read Previous

कालाे कपडा लगाएर महिला हिंसा तथा बलात्कारविरूद्ध प्रदर्शन

Read Next

चितवनमा चाडपर्व लक्षित उत्सव र जात्राहरु नगर्न निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *