भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा किसानले उत्पादन गरेकाे दुध बिक्री नभएर फाल्न पर्ने अवस्था आएपछि दुधबाट बन्ने परिकारहरुकाे उद्योग सञ्चालनमा ल्याएकाे छ। भरतपुर–२२ मा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले व्यावसायिक पशुपालनका साथै दूधबाट बन्ने विभिन्न परिकारहरुकाे उद्योग संचालनमा ल्याएको हो।
बजारमा शुद्ध र गुणस्तरीय दूध र दुग्धजन्य परिकार बिक्री वितरणको लागि उद्योग संचालनमा ल्याएको सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए। उनले सहकारी र सहकारी विभागको सहयोगमा उक्त उद्योग संचालनमा ल्याएको बताएका हुन। कोरोना महामारीले गर्दा किसानहरुले कति दुध फाल्न पर्यो। तर अब त्यसरी दुध फाल्न पर्ने अवस्था आउने छैन,उनले भने। १८ ठाउँमा बिक्री केन्द्र स्थापना गरेर बिक्री वितरण गर्दै आएको सहकारीले चार विघा क्षेत्रफल जमिन भाडामा लिएर नमुना गाई फार्मसमेत सञ्चालन गरेकाे उनले बताए।
मेसिनको उद्घाटन गर्दै दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टिकाबल्लभ सापकोटाले सबै सहकारीसँग आवश्यक सहकार्य गरेर काम गर्न विकास बोर्ड तयार रहेको बताए । सहकारी सञ्चालनमा सरकारी मापदण्ड र निर्देशनअनुसार काम गर्न भन्दै उनले उदाहरणीय काम गरेकाे भनेर सहकारीकाे प्रसंसा गरे।