Breaking News :

भरतपुरमा आम उपभोक्ता ठगि गरेको आरोपमा ५ वटा पसललाई जरिवाना

चितवन । भरतपुरमा आम उपभोक्ता ठगि गरेको आरोपमा ५ वटा पसललाई जरिवाना गरिएको छ। मुल्यसुचि नराखि समान बिक्रीवितरण गरेकाे आराेपमा चितवनका ५ वटा पसललाई पचास/ पचास हजार जरिवाना गरिएको हाे।

जिल्ला प्रसाशन कार्यालय चितवन, वाणिज्य कार्यलय विरगंज र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले आज भरतपुर महानगरपालिकाभित्र बजार अनुगमन गर्दा मूल्य सूची नराखेको तथा खरिद र बिक्री बिल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका समानहरु संचित गरी राखेको आरोपमा चितवनका निर्जला स्टाेर्स, सुनिता खाद्य उद्योग, जय श्री बालाजी ट्रेडर्स, शुलभ खाद्य भणडार र शुभम फ्रुट ट्रेडर्सलपसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम ५०–५० हजारको दरले २ लाख ५० हजार रुपैया जरिवाना गरिएको जिल्ला प्रसासन कार्यलय चितवनका साहयक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। शर्माकाअनुसार सात दिन भित्र जरिवाना रकम बैंक दाखिल गरी भौचर पेश गर्न र तत्काल सुधार गर्न पसलवालालाई निर्देशन दिइएको छ। भने प्रसासन को नियम नमानेमा पसल बन्द गरिने बताइएको छ। 

merokhabarsathi

Read Previous

बि.पी काेइराला स्कुल अफ पब्लिक पाेलिसिकाे चितवन संयाेजकमा अनिल अधिकारी

Read Next

किसानले उत्पादन गरेकाे दूध खेर जान नदिन सहकारीलेे खाेल्याे दुग्ध जन्य परिकारकाे उद्योग

Leave a Reply

Your email address will not be published. Required fields are marked *