Breaking News :

बि.पी काेइराला स्कुल अफ पब्लिक पाेलिसिकाे चितवन संयाेजकमा अनिल अधिकारी

बि.पी काेइराला स्कुल अफ पब्लिक पाेलिसिकाे चितवन संयाेजकमा अनिल अधिकारी मनाेनयन भएका छन्। बि.पी काेइराला स्कुल अफ पब्लिक पाेलिसिकाे विधान २०७३ बमाेजिम अधिकारीलाई सयाेंजकमा मनाेनयन गरिएको हाे।

महामानव बि.पी काेइरालाकाे आधारभुत मान्यतालाई आम युवा माझ लाेकप्रिय बनाउन अधिकारीकाे उल्लेख्य भुमिका रहेकाे भन्दै चितवन जिल्लाका युवाहरूको क्षमता विकास, खुला समाज, मानव अधिकार र लाेकतान्त्रिक मुल्य मान्यतालाई सामाजिक रुपमा व्यापक बनाउन थप सहयाेग पुगाेस भनेर अधिकारीलाई संयाेजकमा मनाेनयन गरिएको बाग्मती प्रदेशका सयोंजक सुदिप बर्ताैलाले बताए।

मनाेनयन पत्र

चितवन संयाेजक अधिकारी खेलकुद क्षेत्र, समाजिक तथा राजनीतिक क्षेत्रमा पनि सक्रिय रहदै आएका छन्। खेलकुद पत्रकार मन्च चितवन तथा चितवन बास्केटबल संघ संस्थापक अध्यक्षको साथै नेविसंघ विरेन्द्र बहुमुखी क्याम्पसको पुर्व उपाध्यक्ष तथा कार्यबाहक स्ववियु सभापति हुन्। उनी खेलकुद तथा सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन्।

merokhabarsathi

Read Previous

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

Read Next

भरतपुरमा आम उपभोक्ता ठगि गरेको आरोपमा ५ वटा पसललाई जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *