भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
कतैघुम्न जाने चाहना छ तर साथमा फोटो खिच्ने क्यामेरा छैन, र फाेटाेग्राफर खोज्ने समय पनि छैन भने अब अनलाइन बाटै फोटोग्राफर बुक गर्न सकिने छ। आज भरतपुरमा पत्रकार सम्मेलन मार्फत डि.एस.एल.आर. सेवाले आफ्नो अनलाइन एप्लिकेसन सार्वजनिक गरेको हो ।
डि.एस.एल.आर सेवाको एप्लिकेसनबाट अब आफुले चाहेको समय, ठाउँ र क्यामेरामा आफ्नो फोटो खिच्न चाहाना हुनेले अब अनलाइन मर्फत नै फोटोखिच्नको लागी बुकिङ्ग गर्न सकिने डि.एस.एल.आर सेवाका संचालक सन्देश कुवरले बताए। एप्लिकेशनलाइ गुगल प्ले स्टोरमा गएर डि.एस.एल.आर सेवा अनलाइन लेखि खोज्न र डाउनलोड गर्न सकिनेछ। एप्लिकेशनमा फोटो खिच्न चाहनेको आफ्नै एकाउन्ट हुनेछ। जस बाट चार्डपर्व फोटोसुट , जोडी फोटोसुट, जन्मदिन फोटोसुट, क्यामेरा र फोटोग्राफर लगाएतको बुकिङ्ग गर्न सकिने सन्देशले बताएका छन्।
एप्लीकेशनमा ५ सय देखि माथिको सेवा राखेका र जसले फोटोको लागी क्यामेराम्यान विवाह तथा ठुला उत्सवमा मात्र बोलाउने हो र महगो शुल्क लाग्छ भन्ने भ्रम चिर्ने विश्वास रहेको अर्को संचालक सन्तोष कुँवरले बताए।
डिएसएलआर सेवाले फोटो र भिडियोग्राफि सम्बन्धी तालिम समेत प्रदान गर्दै आएको छ। विवाहको लागी छुट्टै अनलाईन वेभसाईट पनि संचालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ।