Breaking News :

सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने

सरकारले चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेको छ ।

सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ ।

यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो ।

दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पूरानै लिनुपर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यद्यपि यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

merokhabarsathi

Read Previous

१२ वर्षदेखि अलपत्र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः शुरु

Read Next

चितवनका सार्वजनिक यातायातहरुमा छैन स्वास्थ्य सावधानी, भाडा मात्रै दाेब्बर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram