Breaking News :

स्वस्थ्य शरीरको लागि जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको पदयात्रा कार्यक्रम सम्पन्न

एडीलेड

जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको आयोजनामा पद यात्रा कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ्य शरीरको लागि पदयात्रा भन्ने नाराका साथ साउथ अष्ट्रेलियाको वाटरफल गल्लि देखी माउन्ट लफ़्टिसम्म भएको उक्त पद यात्रामा साउथ अस्ट्रेलियामा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो।                                                                                    कोभीड – १९ को महामारीले जीवनयापन मै परिवर्तन आएको अवस्थामा यस प्रकारका कार्यक्रमले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने आयोजक सँस्थाका अध्यक्ष प्रेम पाठकले बताए। आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमलाई निरन्तर दिदै अगाडी बढ्ने समेत उनले कार्यक्रममा बताएका थिए। कार्यक्रममा समुदायका सदस्यहरुसँगै एनआरएनएका ओशिनियाका उपसंयोजक नबिन कंडेल , पूर्व संयोजक रमेश जोशी , स्टेट संयोजक नबिन पन्त , जनसम्पर्क समितिका नेता रबिन्द्र गौतम लगायत व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो। 

प्रवासको व्यस्त जीबनमा यस प्रकरकका पद यात्रा ,खेलकुद कार्यक्रमहरुमा जोड दिन पर्ने एनआरएनएका ओशिनियाका उपसंयोजक कंडेल बताउछन। उनले थप्दै भने ” घर देशमा हुदा गाऊ घर मै हुर्किएका हामी प्रवासको बसाईमा धेरैले एक्लोपन महसुस गर्छौ त्यसैले यस प्रकारका कार्यक्रमले साथी भाईको भेटघाट आपसी सुख दु:ख र अनुभब साट्ने मौका समेत मिल्छ। जसले मनलाई हलुका र शान्त गराउन सहयोग गर्छ।” पूर्व ओशिनियाका उपसंयोजक जोशी समेत कँडेलको कुरामा बिश्वाश गर्छन। जोशीले भने ” प्रवासको जीवन हाम्रो मेसिन जस्तो भएको छ। घर, काम र पैसाको पछाडी हामी आफैलाई भुलेर दौडीरहेका छौ साथै नेपालमा हामी प्राय: ठुलो परिवारका सदस्यहरु बीच आफ्नो हासो पिडा बाढेर हुर्कियौ यहाँ प्राय: श्रीमान श्रीमती र छोरा छोरीहरु मसाथै समाज समेत हाम्रो हुर्काइको समाज भन्दा फरक छ त्यसैले यहाँ रहेका संघ सँस्थाहरुले यस प्रकारको कार्यक्रममा जोड दिनु पर्छ।

merokhabarsathi

Read Previous

लक्षण नभएका संक्रमितहरु सम्भव भएसम्म होमआइसोलेसनमा बस्न प्रसासनको आग्रह

Read Next

देशभरमा चितवनमा कोभिड–१९ का कारण हुने मृत्युदर उच्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram