Breaking News :

लक्षण नभएका संक्रमितहरु सम्भव भएसम्म होमआइसोलेसनमा बस्न प्रसासनको आग्रह

जिल्ला प्रशासन कार्यालय चितवनले लक्षण देखा नपरेका संक्रमितहरु सम्भव भएसम्म सुरक्षित रुपमा आफ्नो घरमा आइसोलेसनमा बस्न अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै सम्भव भएसम्म होमआइसोलेसनमा र सम्भव नभएमा स्थानीय तहको आइसोलेसन सेन्टरमा जान भनेको हो।

प्रशासनको सूचनामा भनेको छ, ‘लक्षण नदेखिएका संक्रमितहरु तत्काल अस्पताल जानु हुँदैन । अस्पताल जाँदा एम्बुलेन्स वा निजी सवारी साधन प्रयोग गरौं । संक्रमित व्यक्तिहरु जथाभावी हिडडुल नगरी बस्नुपर्छ । म्याजिक वा सार्वजनिक बस प्रयोग गर्नु हुँदैन ।’ त्यस्तै प्रशासनले लक्षण देखिएका मानिसहरु जथाभावी हिडेमा संक्रामक रोग ऐन–२०२० अनुरुप कारबाही गर्ने पनि जनाएको छ ।

अस्पतालले बिरामीका कुरुवाहरुलाई प्रत्यक्ष भेट्न नदिन निर्देशन दिएको छ । संक्रमितहरु लखरलखर सडकमा हिडेमा कारबाही गर्ने पनि प्रशासनले जनाएको छ । भने बिरामी कुरुवाहरुलाई निश्चित स्थानमा बस्न लगाएर हिडडुल गर्न नदिन भनेको छ । कतिपय अस्पतालले बेड छैन भन्दै भर्ना नलिएको गुनासो आएपछि प्रशासनले आफूकहाँ सेवा लिन आएका बिरामीहरुलाई तत्काल भर्ना लिन पनि निर्देशन दिएको छ । प्रशासनले बिरामीहरुको आवश्यकता अनुसार बिरामीलाई आईसीयू र एचडीयु बेडमा सारेर उपचार गर्न निर्देशन दिएको छ । प्रशासनले सूचनामा भनेको छ, ‘ आफूसँग बेड नभएमा अन्य अस्पतालमा बेड खाली भएको वा नभएको एकीन गरेर मात्र पठाउनुपर्छ ।’

 

merokhabarsathi

Read Previous

चितवनमा दुई लाख भन्दा बढी रकम सहित ५ जुवाडे पक्राउ

Read Next

स्वस्थ्य शरीरको लागि जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको पदयात्रा कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram