भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
पूर्वी चितवनको कालिका नगरपालिकाबाट जुवातास खेलिरहेका ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नं. ४ स्थित ग्रिन टप कटेजमा जुवातास खेलि रहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको हो।
प्रहरीले जुवाडे संगै नगद रु २ लाख २९ हजार ७ सय ८० रुपैया बरामद गरेको छ। पक्राउ पर्नेहरुमा कालिका नगरपालिका ४ बस्ने ३७ बर्षीय बल बहादुर नेपाली, ३५ बर्षीय हरीराम लामा, ४० बर्षीय कुमार चौधरी, ३८ बर्षीय हरि जिसी र ३८ बर्षीय नवराज परियार छन्। उनीहरुलाई जुवा कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सुर्य बहादुर थापाले बताए।