Breaking News :

सेभ द माइन्ड नेपालका बाेर्ड मेम्बर द्वारा सिद्धि छात्रावासमा खाद्यान्न सहयोग

सेभ द माइन्ड नेपालकाबाेर्ड मेम्बरहरुले सिद्धि छात्रावासमा खाद्यान्न सहयोग गरेका छन्। कालिका नगरपालिका-१० स्थित सुनौलो किरण द्वारा सन्चलित सिद्धि छात्रावासमा खाद्यान्न सहयोग सङै दशै विशेष कार्यक्रम समेत गरेको हो।

सेभ द माइन्ड चितवनको अध्यक्ष पुजा भुषाल, स्टेप नेपालका अध्यक्ष हाेम विलास सापकाेटा, सेभ द माइन्ड नेपालकि सचिव सुनिता खड्का र सेभ द माइन्डकाे बाेर्ड मेम्बर रिता के.सि पाठककाे सयुंक्त लगानीमा १५ हजार बराबर काे खाद्यान्न सहयाेग गरेकाे अध्यक्ष भुषालले बताउनुभयो। उनले उक्त छात्रावासमा खाद्यान्नको अभाव भएको खबर पाएपछि ४ जनाको लगानीमा खाद्यान्न सहयोग गर्नुको साथै छात्रावासको बालबालिका सङ दशै विशेष कार्यक्रम गरि रमाइलो समेत गरेको बाताए।   

खाधान्नको अभाव भएको आवस्थामा खाद्यान्न साथै बालबालिकाहरुलाई दशै विशेष खानाखुवाउने कार्यक्रमले आफुलाइ हौसलाका साथै खुसी मिलेको छात्राबासका संचालक भरत चेपाङले बताए। उनले अझ सहयोगको आवश्यक भएको भन्दै अन्य व्यक्तिहरु सङ समेत सहयोगको अपिल गरेका छन्।

merokhabarsathi

Read Previous

रोग प्रतिरोधी क्षमता विकास गर्न कुन चिज कति प्रयोग गर्ने

Read Next

पर्यटनमन्त्री योगेश भट्टराईमा कोरोना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram