Breaking News :

यसपटक नयाँ नोट आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन मिल्ने

यसपटक दशैको नयाँ नोट आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट लिन मिल्ने भएकाे छ । पहिलेपहिले राष्ट्र बैंकले मात्र साट्ने नयाँ नाेट याे वर्ष काेराेनाले गर्दा अन्य बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने भएको हाे।                                                                                                                                             नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार नयाँ नाेट राष्ट्र बैंकलेे बैंक तथा वित्तिय संस्थालाई उपलब्ध गराउने र उनीहरु मार्फत नै आम सर्वसाधारणले लिन सक्ने भएकाे छ।  ‘यसपटक हामी लाइन लगाएर बाँढ्ने पक्षमा छैनौँ । यदि नयाँ नोट चाहिए हामी बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँछौ । उनीहरु मार्फत सर्वसाधारणले लिन सक्छन् ।’ भनेर उनले बतााएकाहुन्।

पहिले दशैँलाई मात्र नयाँ नोट साटिने व्यवस्था भएपनि नोट सटहीलाई राष्ट्र बैंकले  समावेशी बनाइसकेको छ । गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठ, जितिया पर्व, माघीजस्ता चाडमा पनि नयाँ नोट सटहीको सुविधा दिइँदै आएको छ ।

merokhabarsathi

Read Previous

एकै दिन २३ सय ४० जना काेराेना मुक्त

Read Next

संसारभरका १० मध्ये एक व्यक्तिमा कोरोना;-डब्ल्यूएचओ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram