Breaking News :

प्रदेश ५ को प्रदेशसभा भित्रै टेबुल र कुर्ची तोडफोड

प्रदेश ५ को प्रदेशसभा भित्रै टेबुल र कुर्ची तोडफोड भएकाेे छ।   नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका हुन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।

merokhabarsathi

Read Previous

कोरोना संक्रमितलाई एयर लिफ्ट गरेर ल्याउन पाइने

Read Next

भरतपुरमा बजार अनुगमन तिब्र, खसीकाे भनेर बाख्राकाे मासु बेचेेकाेे पाइयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram