Breaking News :

अटाे दुर्घटनामा एक जनाको मृत्यु, सात जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने सात जना घाइते भएका छन् । सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ ह ४४७ नम्वरको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ५० प ४५५० नम्वरको मोटरसाइकल एक अपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाँउपालिका ४ का ३५ बर्षिय जित बहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो । मोटरसाइकल चालक सोही ठाँउका बेल बहादुर राना घाइते भएका छन । उनको चितवन मेडिकल कलेजमा मध्यम अवस्थामा उपचार भइरहेको छ ।

यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताउनुभयो । उनिहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

सौराहामा हात्ती सफारीको विकल्प खाेज्दै, व्यवसाय सङ्कटमा पर्न थालेपछि व्यवसायी चिन्तित

Read Next

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram