Breaking News :

चितवनमा प्राकृतिक पद्धतिबाट काेराेनाकाे उपचार गर्दै, सय प्रतिशत नै सफल भएको दावी

रविना पाैडेल, चितवन-                                चितवनकाे भरतपुर महानगरपालिका-१ बागेश्वरीमा रहेकाे नरहरिनाथ प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितहरुलाई प्राकृतिक पद्धतिबाट उपचार गर्दै आइरहेको छ।

हालसम्म चिकित्सालयमा १ सय ३४ जना उपचार लिन आएका छन्। भने ९० जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन्। चिकित्सालयमा पहिलो चरण र दोस्रो चरणको संक्रमितलाई उपचार गर्ने योगि नरहरी नाथ योग तथा प्राकृतिक चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाले बताउनुभयो। उपचार गर्न आउनेहरूलाई योगा अभ्यास, जलनिधी, कुल जल, प्रण, सुर्यस्नान गर्न लगाएर उपचार गरेर कोरोनामुक्त बनाउनुको साथै दीर्घरोग सगं पनि कसरी लड्ने भनेर सिकाइने कोइरालाले बताउनुएको छ।

चिकित्सालयमा हालसम्म उपचार गराएको मध्य सय प्रतिशत नै सफल भएको डा. सृष्टि पौडेलले बताउनुभयो। सुरुसुरुमा निरासभएर आउने संक्रमितहरु पनि यहाँको उपचारपाएपछि खुसी हुने गरेको उनको भनाइ छ। भने आवधिक उपवास पद्धतिले नै कोरोना जित्न सफल भएको उनीहरु बताउँछन्।

कोरोना उपचार गर्न आउने संक्रमितहरु पनि चिकित्सालयमा आएपछि आफुहरुको जिवन शैलि परिवर्तन भएको बताउछन्। सुरुसुरुमा आउन डरलाई रहेको र चिकित्सालयमा आएपछि खुसी मिल्नुको साथै जीवनशैलि नै परिवर्तन भएको संक्रमीत सजिंव गुरुङले बताएका हुन्।

merokhabarsathi

Read Previous

महिला सासंदद्वारा सभामुख र अध्यक्षसँग भेट, अपराधीलाई मृत्युदण्ड दिने बारे छलफल

Read Next

सौराहामा हात्ती सफारीको विकल्प खाेज्दै, व्यवसाय सङ्कटमा पर्न थालेपछि व्यवसायी चिन्तित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram