Breaking News :

मनकामना केबुलकारको टिकट अब मोबाइलमा नै पाइने

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरिद बिक्री सम्झौता भएको छ ।

केबलकारले प्रेषित गरेको विज्ञप्तिअनुसार सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य समेत भएको छ । भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिँदै टिकट खरिद गर्दा नगदरहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्था थप गरेको हो । यस सेवा भक्तजनहरुले टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्युटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ ।                                                                                    मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गर्न साथ उच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ ।

merokhabarsathi

Read Previous

आयोगहरुमा प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिकाे सरकारलाई निर्देशन

Read Next

महिला सासंदद्वारा सभामुख र अध्यक्षसँग भेट, अपराधीलाई मृत्युदण्ड दिने बारे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram