Breaking News :

आयोगहरुमा प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न राष्ट्रिय सरोकार तथा समन्वय समितिकाे सरकारलाई निर्देशन

राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न आयोगहरुमा प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालको संविधानको भाग २७ मा रहेका अन्य आयोग अन्तर्गत ७ वटा आयोगहरुमा संविधान जारी भएको लामो समय वितिसक्दा समेत प्रमुख एवं पदाधिकारी नियुक्त नभएको भन्दै सो निर्देशन दिएको हो।
आज बसेको समितिको बैठकले संविधानको भावना र मर्म अनुसार अयोगहरुले कार्यसम्पादन गर्न नसकेको भन्दै तत्काल रिक्त स्थानमा नियुक्तिको प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेको समितिका सभापति दिलकुमारी रावल थापा  ( पार्वती )ले बताउनुभयो।
बैठकले अयोगलाई आवश्यक पर्ने भौतिक पूर्वाधारयुक्त भवन नभएकोले कार्यसम्पादन गर्न समस्या भएको भन्दै काम गर्न सहज हुने उपयुक्त कार्यालयको व्यवस्था गर्न र
आयोगको उदेश्य अनुुसार काम गर्नको लागी पर्याप्त जनशक्ती नभएको हुँदा आयोगले माग गरे वमोजिम दरवन्दी अनुसारको कर्मचारीको व्यवस्था मिलाउन आग्रह  गरेको छ ।

merokhabarsathi

Read Previous

वडा कार्यालय आउजाउ गर्न दुइ दिन हिंड्नुपर्ने

Read Next

मनकामना केबुलकारको टिकट अब मोबाइलमा नै पाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram