Breaking News :

चितवनका डिएसपीसहित ८ जना प्रहरीमा कोरोना संक्रमण

फाइल फोटो

जिल्ला प्रहरी कार्यालय चितवनका ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार राति सार्वजनिक गरिएको रिपोर्ट अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले संक्रमित प्रहरीहरुलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ ।

कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताए । उनले भने `मलाई हल्का रुघा खोकी, ज्वरो आएको थियो, परीक्षण गराउँदा पोजिटिभ देखियो, अहिले सामान्य छु ।’

यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि थप दुई बिओपी स्थापना

Read Next

गुर्जो रोपण अभियान, उपत्यकामा एक घर एक बिरूवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *