Breaking News :

पर्यटन प्रवर्द्धनका लागि चितवनमा साइकल यात्रा

विश्व पर्यटन दिवसकाे अवसर पारेर चितवनमा साइकल यात्रा गरिएको छ। पर्यटनको दिगाे विकास र दिर्घकालिन रुपमा प्रदुषण मुक्त समाज बनाउने उदेश्यका साथ साइकल पर्यटनलाई प्रवर्द्धन गर्न उद्योग वाणिज्य सघं चितवन र साईकल राइडर्स क्लब चितवनकाे सयुंक्त आयोजनामा एक दिने साईकल यात्रा गरिएको हो।

काेराेनाले गर्दा धाेस्त भएकाे पर्यटनलाई पुन अघि बढाउन साइकल यात्रा सुरु गरिएको चितवन साइकल राइडर्स क्लबको अध्यक्ष नवीन खरेलले बताउनु भयो। अब को पर्यटन भनेको साइकल पर्यटन अरु केही नभएपनि साइकल प्राय सबै सङ हुने र स्वास्थ को लागि पनि साइकल राम्रो हुने हुनाले साइकल यात्रा गरिएको उनले बताए।

विश्वका प्रमुख पात्रहरुले पनि साइकलमै यात्रा गर्ने र साइकलले पर्यावरण र पर्यटनलाई समेत टेवा पुर्याउने उद्योग वाणिज्य सघं चितवनका अध्यक्ष राजु श्रेष्ठले बताए। साइकल चढ्दा वातावरण मैत्री हुने र देशकाे अर्थतन्त्रलाई मजबुद बनाउने उनकाे भनाइ छ।

उद्योग वाणिज्य सघं चितवनबाट सुरु भएकाे साईकल यात्रा राइनाे ताल, बीसहजारी ताल, हुँदै छिता माइमा गएर अन्त्य भएको थियो। कार्याक्रम मा ५० जना साइकल यात्रीहरु सहभागी रहेका थिए।

merokhabarsathi

Read Previous

ताैल कम गर्ने सजिलो उपाय,खाली पेटमा गर्नुस् यस्ताे?

Read Next

अनुहारको छाला चम्किलो बनाउनेे ३ घरेलु उपाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *