Breaking News :

दाउन्नेमा माथिबाट खसेको पहिरोले बस पल्टाउदा एक जनाको मृत्यु, ७ जना घाइते

पूर्वी नवलपरासीको दाउन्नेमा माथिबाट खसेको पहिरोले बस पल्टाउदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।
पूर्वबाट पश्च्मि जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार ७ जना घाइते भएका थिए । घाइते मध्ये पश्चिम रुकुमको आठविसकोठ गाउँपालिका १० बस्ने २५ बर्षको हरिषचन्द केसीको विहीबार राति ९ बजेतिर उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनु भयो ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ बर्षीया महिला प्रतिभा खड्का, सोही स्थानका १० बर्षीय प्रज्ञान बस्नेत, १६ बर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपलिका ७ निवासी ३५ बर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० बर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ बर्षीया शिवा पुन घाइते भएका छन् ।घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ ।

merokhabarsathi

Read Previous

कोरोना नियन्त्रण सबैको साझा दायित्व हो: सभापति रावल

Read Next

चितवनमा बाघको आक्रमणबाट शनिबार एक पुरुषको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *