Breaking News :

कोरोना नियन्त्रण सबैको साझा दायित्व हो: सभापति रावल

कोरोना नियन्त्रण सरकारको मात्र नभएर नागरिकसहित सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएकाे राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल थापा ‘पार्वती’ले बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बसेकाे बैठकमा रावलले काेराेना नियन्त्रण सरकारको मात्र नभएर सम्पूर्णकाे दायित्व हाे भनेर लागि पर्नुपर्ने बताएका हुन्। उनले चाडपर्वकाे समयमा हेलचेक्राइ गर्दा कोरोना भयावह हुने भन्दै सबैलाइ कोरोना नियन्त्रणमा थप सजक भइ लागि पर्न आग्रह गरेका छन्।

साथै चाँडबाड नजिकिएको अवस्थामा झन् काेराेना भयावह हुन सक्ने भन्दै उनले सरकारकाे ध्यानाकर्षण गराएका छन्। चाडपर्वमा शहरबाट गाउँघर फर्किनेको संख्या बढ्ने र त्यसले जोखिम वर्गमा पर्ने वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा कोरोना संक्रमणकाे जाेखिम हुने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकि हुन् ।

सांसदहरू खिमलाल भट्टराई, कोमल वलीलगायतले कोरोना संक्रमणसम्बन्धी विभिन्न विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

merokhabarsathi

Read Previous

भरतपुर अस्पताल डुवानमा

Read Next

दाउन्नेमा माथिबाट खसेको पहिरोले बस पल्टाउदा एक जनाको मृत्यु, ७ जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *