Breaking News :

भरतपुर अस्पताल डुवानमा

तीन दिन देखी लगातार पेरेकाे बर्षाले भरतपुर अस्पताल डुवानमा परेको छ । अस्पतालको आकस्मिक कक्ष र स्पाइनल इन्जुरी वार्ड आकस्मिक कक्ष भित्रको अब्जरभेसन वार्ड डुवानमा परेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो।

अस्पतालका विभिन्न वार्ड डुवानमा परेपछि अस्पतालमा आउने सेवाग्राहीले सास्ती भोगेका छन भने विरामीको उपचारमा समस्या भएको छ ।

बर्षाले भरतपुर महानगरपालिका वडा नं. १० का धेरै क्षेत्र डुवानमा परेका छन । नगर पुरेर सडक निर्माण गरिएका कारण भरतपुर १० का अधिकांस क्षेत्र डुवानमा परेका हुन् । 

merokhabarsathi

Read Previous

चितवनमा १४३ जनामा कोरोना संक्रमण पुष्टि

Read Next

कोरोना नियन्त्रण सबैको साझा दायित्व हो: सभापति रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *