Breaking News :

चितवनमा १४३ जनामा कोरोना संक्रमण पुष्टि

चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी चितवनमा १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा चितवनका १२९ जना र चितवन बाहिरका १४ जना रहेका छन् ।

चितवनका सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ७५ जना रहेका छन् । जसमध्ये वडा नं.१४ का मात्रै ४५ जना रहेका छन् । भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २/२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् ।

यसैगरि नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एक/एक जना रहेका छन् ।

merokhabarsathi

Read Previous

एक विद्यालय एक नर्स कार्यक्रमका लागि बेनिघाट रोराङ गाउँपालिका अन्तर्गतका थप २ विद्यालय छनाैट

Read Next

भरतपुर अस्पताल डुवानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *