Breaking News :

एक विद्यालय एक नर्स कार्यक्रमका लागि बेनिघाट रोराङ गाउँपालिका अन्तर्गतका थप २ विद्यालय छनाैट

धादिङ। बागमती प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ का लागि बेनिघाट रोराङ गाउँपालिका अन्तर्गतका थप २ विद्यालय छनाैट भएका छन्।

यसै आव २०७७/०७८ देखि लागु हुने गरी बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ रिचोकटार मलेखुमा रहेको बागेश्वरी मावि र वडा नं. ९ मझिमटारमा रहेको शंखादेवी माविमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु हुने भएको हाे।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले बुधबार एक सूचना जारी गर्दै उक्त विद्यालयहरुमा आव २०७७÷०७८ मा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु गर्ने जनाएको छ।

merokhabarsathi

Read Previous

नारायणीमा पानीको बहावले सतर्कता तह पार गर्याे, सावधान रहन आग्रह

Read Next

चितवनमा १४३ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *