Breaking News :

नारायणीमा पानीको बहावले सतर्कता तह पार गर्याे, सावधान रहन आग्रह

नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । देशभर हिजोदेखि नै निरन्तर वर्षा भएपछि नारायणीको बहाव बढ्दै गएको हो ।

जल तथा मौसम विभागका अनुसार देवघाट दुवै क्षेत्रमा खतराकाे तह पार गरेको छ । भने नारायणीकाे पुल भएकाे क्षेत्रमा सतर्कता तह पार गरेकाे छ। पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.२३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ८.६ मिटर पुगेको छ । जबकी ८.० मिटरमा खतराकाे तह मानिन्छ ।

नारायणी नदीका सहायक नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भईरहेकाले नदीको सतह अझै बढ्न सक्ने आँकलन गरिएको छ । निरन्तर वर्षासंगै नदीको सतह बढेर मानव वस्तीमा क्षति पु-याउन सक्ने भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । नारायणी नादिमा आउने बाढीले चितवन , नवलपुर र पश्चिम नवलपरासीका तटिय क्षेत्रका बासिन्दाहरु प्रभावित हुने गर्दछ ।

merokhabarsathi

Read Previous

चर्चामा रहेकाे तिनधारा झरना (फाेटाे फिचर)

Read Next

एक विद्यालय एक नर्स कार्यक्रमका लागि बेनिघाट रोराङ गाउँपालिका अन्तर्गतका थप २ विद्यालय छनाैट

Leave a Reply

Your email address will not be published. Required fields are marked *