Breaking News :

कोरोना सङ्क्रमितको उपचार गरेकाे पैसा माग्दै सिएमसी

चितवन मेडिकल कलेज (सिएमसी)ले कोरोना सङ्क्रमित सँग लाखौँ रूपैयाँ माग्ने गरेकाे पाइएकाे छ । कोरोना सङ्क्रमितको उपचार निःशुल्क हुने भनिए पनि सिएमसीले लाखौँं रूपैयाँ असुल्ने गरेको पाइएकाे हाे । यतिसम्म कि बिल नतिरेको भन्दै सिएमसीले सङ्क्रमितको शव ३९ घण्टा सम्म उठाउन समेत दिएन । भने काेराेना संक्रमण मुक्त भएकाे बिरामी लाई डिस्चार्ज पनि गरेकाे छैन।                                                                                                                                    सिएमसीले सङ्क्रमितको शव ३९ घण्टा सम्म उठाउन दिएन

पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ वर्षिय पुरुषको कोरोनाको उपचारका क्रममा असोज २ गते राति १२ बजे चितवन मेडिकल कलेजमा मृत्यु भयो। तर पुरुषको उपचार खर्च पुरा नबुझाएको भन्दै सिएमसिले ३९ घण्टा सम्म शव ब्यवस्थापन गर्न दिएन।

अस्पतालमा एक लाख ६६ हजार तिर्न बाँकी रहदा अस्पताल प्रशासनले शव ब्यवस्थापनमा ढिलाई गरिदिएको मृतकका भाइ सोम सुनारले बताए । ‘कोरोनाका बिरामीलाई निःशुल्क उपचार हुन्छ भने पनि यहाँ त लाखौँ रूपैयाँको बिल तिर्न लगाइएको थियो।, तर हामीले निरन्तर अस्पताल प्रशासनसँगको आर्थिक छुट माग गर्याै। त्यस पश्चात् अस्पतालले शब ब्यवस्थापनको ६ हजार शुल्क मृतकको परिवारले नै ब्यहोर्ने गरि अस्पतालबाट शव निकाल्न अनुमति दियो मृतकका भाइ साेमले भने। अस्पतालले शव निकाल्ने अनुमति दिएपश्चात शनिवार दिउसो ३ बजेको समयमा अस्पतालबाट सेनाले शव निकालेर अन्त्यष्टि गरिदियो।                                                                                                              पैैैैसा नहुँदा सिएमसिले डिस्चार्ज दिएन

मिर्गौलाको नियमित डायलाइसिस गर्न भदौ ११ गते सिएमसी पुगेका बागलुङका ५० वर्षीय तारानाथ कँडेललाई भदौ १२ गते कोरोना पुष्टि भयो । त्यसपछि उनलाई कोभिड बेडमा राखेर उपचार गरियो । भदौ ३१ गते उनको रिपोर्ट नेगेटिभ आयो । तर रिपोर्ट नेगेटिभ आए पनि एक लाख ७५ हजार रूपैयाँ उपचार खर्च नतिरेको भन्दै अस्पतालले बिरामीलाई डिस्चार्ज नगरेको बिरामीकी श्रीमती खइकला कँडेलले गुनासो गरिन् । ‘बिरामीलाई घर लैजान पैसा छैन, अस्पतालमा राख्दा राख्दा अन्य संक्रमीत बाट पुन संक्रमण हुने डर भइसकेको उनले बताइन्।                                                                                                                                              सरकार सगंकाे सम्झाैताअनुसार नै पैसा लिएको हाे; सिएमसि

चितवन मेडिकल कलेज (सिएमसी)का सञ्चालक डा. हरिश न्यौपानेले भने निजी अस्पतालमा कोरोना सङ्क्रमित सगं पैसा लिन पाउने भनेरै मन्त्रालयसँग सम्झौता भएको बताए । उनले भने, साउन ३२ गते सरकार सगंकाे सम्झाैतामा विपन्न वर्गलाई मात्र काेराेना उपचार निशुल्क गर्ने  तर अन्यलाई भने सरकारले ताेके अनुसारको पैसा लिने बताएका छन्। उनले सङ्क्रमितलाई राखिएको सामान्य बेडको प्रतिदिन सात हजार पाँच सय र भेन्टिलेटरको प्रतिदिन १५ हजार रूपैयाँका दरले पैसा लाग्ने बताएका हुन्।

merokhabarsathi

Read Previous

क्यान्सर अस्पतालका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिए

Read Next

लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुनुपर्छ: रास्ट्रपति भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *