Breaking News :

क्यान्सर अस्पतालका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिए

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् ।

मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।                                                                                              अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हुँदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताउनुभयो ।

merokhabarsathi

Read Previous

यातायात व्यवसायीको असन्तुष्टि; तत्काल यातायात सञ्चालनमा ल्याउन नसक्ने

Read Next

कोरोना सङ्क्रमितको उपचार गरेकाे पैसा माग्दै सिएमसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *