Breaking News :

यातायात व्यवसायीको असन्तुष्टि; तत्काल यातायात सञ्चालनमा ल्याउन नसक्ने

लामो दूरीका सार्वजनिक यातायात झन्डै ६ महिना पछि बिहीबारदेखि सञ्चालनमा आएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेपछि यातायात सञ्चालनमा आएको हाे। ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ। तर लामाे समयकाे बन्दाबन्दिले गर्दा यातायातहरु सञ्चालनमा आउन नसकेको चितवनमा सञ्चालित यातायात व्यवसायीहरु बताउँछन्।

५० प्रतिशत भन्दा बढी यातायातहरु जिर्ण अवस्थामा रहेकाे र मर्मत सम्भार गर्दा ३ देखि ७ लाख रुपैयाँ सम्म खर्च हुनेहुदाँ यातायात सञ्चालनमा अाउन नसकेकाे माैलाकालिका यातायात प्रा.लि का संचालक अध्यक्ष कृष्ण प्रसाद बरालले बताउनुभयो। यातायात सञ्चालनमा ल्याउन बैकंकाे किस्ता बाहेक ३ देखि ७ लाख सम्म लगानी लगाउन पर्छ तर बन्दाबन्दिले गर्दा यातायात व्यवसायीहरु सगं अायस्रोत नभएकोले यातायात संचालनमा ल्याउन नसकेको उनले बताए।

सचांलनमा आएका यातायातहरु पनि यात्रु नपाउदा निरास भएका छन्। लामाे समय देखि थन्किएको यातायात मर्मत गरेर सञ्चालनमा ल्याएपनि सर्वसाधारण काेराेनाकाे डरले यातायात चढ्न डराएको यातायात व्यवसायी विजय पाैडेलले बताउनुभयो। उनले राेगले भन्दा भाेकले मर्ने अवस्था नआउन भनेर यातायात सञ्चालनमा ल्याएपनि यात्रु चढ्न मान्दैनन् जसले गर्दा यातायात सञ्चालन गर्न सहज नभएको बताएका छन्।

merokhabarsathi

Read Previous

देवघाटमा संविधान दिवसको अवसरमा ब्याड्मिन्टन कोर्टको उद्घाटन

Read Next

क्यान्सर अस्पतालका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *