Breaking News :

भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

फाइल फाेटाे

चितवनको भरतपुर अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाही हरिहर गाँउपालिकाका ५५ बर्षिय पुरुषको आज विहान १० बजे मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

मृगौला फेल भई डायलायसिस भइरहेको उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो । उनलाई खोकी र स्वासप्रश्वासको समेत समस्या देखिएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २३ गते कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । उनको नियमित डायलायसिस समेत गरेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा मात्रै कोरोनाका कारण १३ जनाको मृत्यु भइसकेको छ ।

merokhabarsathi

Read Previous

चितवनमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु

Read Next

आज संविधान दिवस, रास्ट्रपति द्वारा शुभकामना व्यक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram