Breaking News :

चितवनमा गरिएको परिक्षणमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि

चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोभिड ल्याबमा गरिएको परिक्षणमा चितवनका ७८ जना सहित थप १०२ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।  संक्रमण देखिएकाहरु मध्ये भरतपुर महानगरपालिकाका मात्र ५४ जना रहेका छ्न , त्यस्तै रत्ननगर नगरपालिकाका १९ , खैरहनीको ४ र राप्तीको १ जना रहेका छन । त्यस्तै २४ जना अन्य बारा, गुल्मी काठमाडौ ,मकवानपुर , नवलपरासी , नवलपुर , पर्सा , सर्लाही र तनहु जिल्लाका रहेको चितवन मेडिकल कलेजले जानएको छ ।कोरोना पुष्टि भएकाहरु मध्ये केहि यसअघि नै संक्रमित भएका र पुन परिक्षण गरेका व्यक्तीहरु समेत रहेका छन् । मंगलवार अस्पतालमा ४१८ नमुना परिक्षण गरिएकोमा १०२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

merokhabarsathi

Read Previous

कक्षा १२ को परीक्षा ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने

Read Next

रत्ननगरका मेयर वनलाई कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram