भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड पहिरो खस्दा सडक अबरुद्ध भएको छ।
चार किलो र चोरखोलाको बीच भागमा पहिरो खसेपछि विहान ६ बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनले आधा दर्जन भन्दा बढी स्थानमा सडक एकतर्फी मात्र सुचारु छ। जसका कारण सवारी चाप अधिक छ। अहिले पनि भारी बर्षा भैरहेका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध छ थप पहिराे जाेखिम पनि कायमै छ। अवराेध हटाउने प्रयास भैरहेकाे भएपनि सडक पूर्ण रुपमा सुचारू गर्न समय लाग्ने देखिन्छ। मंगलबार दिउँसोसम्म पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।