Breaking News :

चट्याङ लागि गम्भिर घाईते भएका देवघाटका तामाङको आर्थिक अभावले उपचार हुन सकेन, सहयोगको अपिल

चट्याङ लागेर गम्भिर घाईते भएका तनहुँको देवघाट गाउँपालिका ५ का २१ वर्षिय किसान तामाङको आर्थिक अभावको कारणले उपचार हुन सकेको छैन। अत्यन्तै कमजोर आर्थिक अवस्था भएको तामाङ गत भदौ २३ गते राति ११ बजे चट्याङ परेर गम्भिर घाईते भएका थिए । चट्याङ परेर बेहोश भएका तामाङको अनुहार र शरिर भरी चोटैचोट रहेको छ। चार दिनसम्म भरतपुरको चितवन मेडिकल कलेज (सिएमसी) मा राखेर उपचार गरे पनि आर्थिक अभावकै कारण थप उपचार गर्न नसकेपछि उनलाई परिवारले अस्पतालबाट डिस्चार्ज गरेर अहिले घर ल्याएका छन्।
उपचार गर्ने पैसा सकिएको र यो कोरोनाको बेला सापटी पनि कसैले नदिने हुदाँ थप उपचार गर्न आर्थिक अभाव भएकोले अस्पतालबाट डिस्चार्ज गरेर अहिले घरमा ल्याएको घाईतेका आमा सुनिता तामाङले बताए। गम्भिर घाईते भएका उनको थप उपचार हुन नसक्दा घरकै पिढिको खाटमा पिडा लिएर सुत्न बाध्य भएका छन् ।
कोहि मनकारी महानुभावले आर्थिक सहयोग गरिदिए थप उपचार गर्न सकिन्थ्यो कि भन्ने आशा लागेको पिडितका आमा सुनिता तामाङले बताए। साथै सहयोग गरिदिनहुन सहयोगी मनकारी महानुभावहरुलाई उनले आग्रह समेत गरेकी छिन्।
पिडित तामाङलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले उनको आमा सुनिता तामाङलाई ९८२५२६७९५२ र देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार आशिक रानालाई ९८४५१९५५४८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ।

merokhabarsathi

Read Previous

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Read Next

माडी अयोध्या बहसः यस्ताे भन्छन् पर्यटन व्यवसायी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram