भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारत गैडाकोट नगरपालिका वडा नम्बर ९ निवासी ६२ बर्षिय एक महिलाको मृत्यु भएको हो ।
भदौं १७ गते कोरोना पुष्टि भएको उनकाे कोभिड आइसियूमा उपचारको क्रममा गएराति ११ं.३० बजे मृत्यु भएको प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिनुभयो । स्वासप्रश्वासको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । चितवनका मात्रै १७ जना संक्रमितको मृत्यु भएको छ ।