Breaking News :

चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २८ जनामा संक्रमण पुष्टि भएको हो ।               

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ७ पुरुष र ४ महिला गरी ११ जना, कालिका नगरपालिकाका ५ महिला र ५ पुरुष गरि १० जना, रत्ननगर नगरपालिका–२ का १ जना र इच्छाकामना गाउँपालिका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैकाे स्वाब भरतपुर स्वाब सकंलन केन्द्र र क्वारेन्टिनबाट सकंलन गरिएको हाे।

भरतपुर प्रयोगशालामा आइतबार कुल १७३ नमुना परीक्षण गरिएको थियो । जसमध्ये २८ नमुनाकाे रिपोर्ट पाेजेटिभ र १४५ नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।

merokhabarsathi

Read Previous

सरकारले कोरोना परीक्षणको शुल्क घटायाे

Read Next

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram