Breaking News :

चितवनबाट ‘दुर्लभ’ कछुवा बेच्न लाने पाँच जनालाई कलंकीबाट पक्राउ

प्रहरीले चितवनबाट ‘दुर्लभ’ कछुवा बेच्न लाने पाँच जनालाई कलंकीबाट पक्राउ गरेको छ ।

७०० ग्राम तौल र १२ इन्च लम्बाई भएको पहेंलो रंगको कछुवालाई ३५ लाखमा बेच्न भनी शनिबार पाँच जनाले चितवनदेखि काठमाडौं ल्याएका थिए ।विशेष सूचनाका आधारमा प्रहरीले शनिबार राति साढे ११ बजे उनीहरूलाई काठमाडौं महानगर–१४ कलंकी मकालु पेट्रोल पम्प अगाडिबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रही उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताउनु भयो ।                                                                                                                              पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा नगरपालिका–२ बस्ने वर्ष २५ वर्षीय सर्वराज बुढ़ा, नुवाकोट बेलकोट गढी नगर–५ बस्ने १८ वर्षीय सुरेन्द्र श्रेष्ठ, काभ्रे नमोबुद्ध नगर– ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल, रौतहट चन्द्रपुर नगर–३ बस्ने १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोट बेलकोट गढी नगर–५ बस्ने १९ वर्षीय प्रमोद बास्कोटा छन् । उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको छ ।

merokhabarsathi

Read Previous

चितवनमा थप २४ जनामा कोरोना पुष्टि

Read Next

बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार गर्न कठिन, उपचार गर्न नपाउदै मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram