भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा आज (शनिबार) थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका ११ र बाँकी अन्य जिल्लाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् । यस्तै नवलपरासी पूर्वका ८ जना, बाँके, काठमाडौं, रुपन्देही, तनहुँ र लमजुङका एक÷एक जना रहेका छन् ।
याे सगैं अाज एकैदिन चितवनका मात्र ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसअघि बिहान भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ८७ जनामा पाेजेटिभ देखिएकाे थियाे।