Breaking News :

चितवनमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा आज (शनिबार ) विहान थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको ५३३ वटा नमुना परीक्षणमा चितवनका ८७ जनामा काेराेना पुष्टि भएकाे हाे।   

संक्रमण पुष्टि हुनेमा चितवनका भरतपुर महानगरपालिकाका मात्र ७३ जना रहेका छन्। जसमध्ये ५० जना पुरुष र २३ जना महिला रहेका छन् । पुरुषहरु ३ वर्षीय बालकदेखि ९० वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु १५ देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यस्तै रत्ननगर नगरपालिका ११ र ४९ वर्षिय २ जना महिला, खैरहनिका २ पुरुष २ महिला र कालिका नगरपालिकाकाे ६ पुरुष २ महिलामा काेराेना पुष्टि भएको छ।

merokhabarsathi

Read Previous

चितवन मेडिकल कलेज गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि

Read Next

चितवनमा थप २४ जनामा कोरोना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram