Breaking News :

अयोध्या धाम बनाउने विषयमा माडी ७ उत्साहित

माडी २५ भदौ । माडीमा अयोध्याधाम बनाउने विषयमा विभिन्न छलफल चलिरहेको सन्दर्भमा माडी नगरपालिका वडा नं ७ मा पनि अाज बिहीबार छलफल कार्यक्रम सम्पन्न भएको छ ।

माडीमा अयोध्याधाम बनाउनको लागि माडी नगरपालिकाले कृष्णनगर पार्क, गणेशकुञ्जा र दक्षिण अयोध्यापुरीलाई सिफारिस गरेपछि माडी ७ पनि उपयुक्त उपयुक्त स्थल रहेकोले अनुसन्धान अगाडि बढाउनुपर्ने माग गर्दै छलफल कार्यक्रमा गरिएको थियो । माडी ७ का मानिसहरू पनि अध्ययन अनुसन्धान अगाडि बढाउनको लागि धर्मराज खनालकोे संयोजककत्वमा समिति समेत गठन भएको छ ।
छलफलको शुरुमै संयोजक धर्मराज खनालले माडी ७ मा रामको जन्मभूमिका सम्बन्धमा उपयुक्त आधारहरु रहेकाले अनुसन्धान अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा अयोध्या अध्ययन अनुसन्धान र व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले माडी ७ मा रामधाम बनाउने विषयमा जागरूक भएर अगाडि बढ्नु सकारात्मक काम भएको जनाउँदै सम्भावित स्थलहरुको अध्ययन अनुसन्धान गरिने धारणा राख्नुभयो ।

छलफल कार्यक्रममा माडी नगरपालिका का प्रवक्ता एवम् वडा नं ९ का वडाध्यक्ष शिवहरि सुवेदी, वडा नं ७ का अध्यक्ष, बालकृष्ण सापकोटा, सामाजिक अगुवा श्रीप्रसाद दवादी,पण्डित सुदर्शन सुवेदी, कृष्णानन्द बत्स,भोजराज देवकोटा,कृष्णबहादुर रानाभाट,नेत्र काफ्लेलगायतले सम्भावित स्थलहरुको अध्ययन अनुसन्धान गरी समग्र माडीलाई नै धामको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

छलफल कार्यक्रममा कृष्णानन्द बत्सले माडी ७ मा रहेका अयोध्या सम्बन्धि विभिन्न आधारहरुले प्रधानमन्त्रीको धारणालाई निष्कर्षमा पुर्याउने तथ्यहरु प्रस्तुत गर्नुभएको थियो ।

merokhabarsathi

Read Previous

कोरोनाको औषधि कालाे मरिच पनि

Read Next

चितवनमा आज थप ३४ जनामा कोरोना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram