Breaking News :

काेराेना कहरले गर्दा यस वर्ष जितिया पर्व घरघरमा बसेर मनाइदै

थारु समुदायका महिलाहरुको मुख्य चाड जितिया पर्व यस वर्ष घरमै बसेर मनाइरहेका छन् । सामूहिक रुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यस वर्ष काेराेना कहरले गर्दा घरमै बसेर मनाएका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिलाहरु घरमै बसेर जितिया मनाएका हुन् ।

थारुकल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मानाउन कार्यविधिसमेत बनाएको छ । कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताए । आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् ।

जितिया थारु महिलाहरुको मुख्य चाड हाे, सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ। अघिल्लो वर्षहरुमा सामूहिक रुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यस वर्ष घरमै जितिया मनाएकाे कुन्ति चाैधरीले बताउँछन्  ।                                                                                                                                         अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितिया पर्व मनाइने र ब्रत बस्ने चलन रहेको थारु अगुवा तथा थारु कल्याणकारी सघं नेपालका पुुर्व उपाध्यक्ष भजु मन राम महत्त्वले बताए। पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्‍याउने चलन पनि छ । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने चलन रहेेेेेकाे महत्त्वले बताए।

चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया मनाइन्छ । हिन्दु धर्मालबम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ ।

merokhabarsathi

Read Previous

“हामी खाना खुवाउछौ” अभियानमा चितवनका विभिन्न क्लवहरु सक्रिय

Read Next

एसिड आक्रमणमा परेकाहरुको पक्षमा प्रधानमन्त्रीले गरे ५ महत्वपूर्ण घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram